दलित महिलाका लागि दीर्घकालीन उत्थान र विकासका कार्ययोजना कार्यान्वय गर्दैछौं–वडाध्यक्ष खड्का

कोहलपुर, पुष २७,

आफ्नो वडाभित्रका दलित समुदायका महिलाहरुका लागि दीर्घकालीन उत्थान र विकासका क्रियाकलाप संचालन गर्ने कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष डम्बर बहादुर खड्काले बताएका छन् ।

खड्काले आफ्नो वडाभित्रका विभिन्न टोलहरुमा स्थलगत अध्ययन र अन्तरक्रिया गरी प्राप्त सुझावहरू समावेश गरी दलित महिलाको वकालतका लागि वडाले काम गर्ने बताएका हुन् । उनले लामो समयदेखी उत्पीडनमा परेका र जीविकोपार्जनको दिगो र भरपर्दो स्रोत नभएको दलित महिलाको उत्थान र विकासमा क्रियाशील भई जनजीविकाको स्तरमा सुधार ल्याउने कार्यमा सहयोग वडाले पुर्याउने बताएका हुन् । दलित महिलाको नेतृत्व विकास र सशक्तिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै खड्काले दलित समुदायका महिलाको उत्थान र विकासका कार्य दिगो र आत्मनिर्भर रूपमा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

उनले भने दलित महिलाका क्षेत्रमा उनीहरुको हक अधिकार र अवसरलाई सुनिश्चित गर्नका लागि विभिन्न योजनाहरू कार्यान्वयन गर्दै आएको जानकारी दिए । कार्यक्रममा अवसरमा बोल्दै संगम मिडिया हबका संचालक हेमन्त विकले दलित महिलालाई सशक्त बनाउन सञ्चार र मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।

कार्यक्रमको सहजिकरण कान्तिपुर सम्वाददात रुपा गहतराज, पत्रकार धना केसी, पवित्रा परियार लगायतले गरेका थिए । तालिमका सहभागि महिलाहरुले तालिमबाट आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरेका थिए । संगम मिडिया हबको आयोजनामा शुक्रबारदेखि सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर