हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा बदलिँदो थारू समाज र साहित्य विषयक विचार गोष्ठी

कोहलपुर, पुष २७,

बदलिँदो थारू समाज र साहित्य विषयक विचार गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ ।

राष्ट्रिय एकता दिवस तथा माघ÷माघे सङ्क्रान्तिका अवसरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कार्यक्रमको आयोजना गरेको थियो । कोहलपुर नगरपालिका वडा नं ५/६ मा रहेको कोहलपुरको ठूलो र पुरानो थारू बस्ती रझेना थारु गाउँमा कार्यक्रम गरिएको थियो ।

प्रदेश सांसद सन्जु थारूको प्रमुख आतिथ्यता तथा वडा नं ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र वडा नं ६ का वडा अध्यक्ष श्रीकृष्ण थारूले समसामयिक विषयमा आफ्ना धारणाहरू राखेका थिए । कार्यक्रममा बडघर, गुरुवा लगायत थारू समुदायका गन्नेमान्नेहरूको उपस्थिति थियो । प्राज्ञ डा. कृष्ण राज सर्वहारी र उप प्रध्यापक डा. राजकुमार चौधरीले ऐतिहासिक महत्व राख्ने कार्यपत्रहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा वक्ताहरूका विचारहरूलाई समेत समेटेर साहित्यकार शेखर दहितले डा. द्धोयद्धारा प्रस्तुत कार्यपत्र माथि टिप्पणी गरेका थिए ।

प्राज्ञ महानन्द ढकाल र प्राज्ञ हरि प्रसाद तिमिल्सिनाको मन्तव्य रहेको कार्यक्रममा थारु नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । हामे पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रकाश मरासिनी राखेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषले गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश