कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी थारु १४ बर्ष ६ महिना पछि पक्राउ

कोहलपुर, पुष २,

ईलाका प्रहरी कार्यालय कोहलपुरले विगत लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १४ बर्ष ६ महिना पछि पक्राउ ईप्रका कोहलपुरल्े पक्राउ गरेको हो । कोहलपुर प्रहरीले साबिक महादेवपुरी–५ तथा हालको राप्तिसोनारी गाउँपालिका वडा नं. ९ बस्ने ३० वर्षिय धन बहादुर थारुलाई पक्राउ गरेको हो ।

थारुलाई बाँके जिल्ला अदालतले २०७३ पुष १८ गतेको फौसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकेको थियो । उनी १४ वर्ष ६ महिनासम्म फरार रहेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !