कडा परिश्रमका साथ यहाँसम्म पुगेको हुँ–नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल

कोहलपुर, माघ ७,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई बाँकेको कोहलपुरमा सम्मान गरिएको छ ।

 

कोहलपुर नगरपालिका तथा कोहलपुर क्षेत्रका विभिन्न क्रिकेट एकेडेमीहरुले कप्तान पौडेललाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मान कार्यक्रमले कोहलपुरमा क्रिकेट प्रतिको मोह झल्किएको बताए । पौडेलले सम्मान कार्यक्रमले आफूलाई थप हौसला प्रदान गर्ने बताए । उनले भने,–‘म पनि कडा परिश्रम गरेर यहाँसम्म आईपुगेको हुँ । मेहनतले सफतलता प्राप्त गर्न सकिन्छ । यहाँबाट पनि राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् ।’

कामको शिलशिलामा बाँके आएका पौडेललाई कोहलुर नगरपालिकामा बन्दै गरेको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्मान गरिएको थियो । कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक ईश्वरी प्रसाद बि.क.को अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नगर उपप्रमुख संगीता सुवेदी प्रमुख अतिथी रहेकी थिईन् । प्रमुख अतिथी सुवेदीले राष्ट्रिय कप्तानलाई सम्मान गर्न पाउदा निकै खुशी भएको बताउँदै खेल मैदानको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने विश्वास आफूले लिएको बताईन् ।

महिला क्रिकेट खेलाडीहरुको उद्गम स्थल बाँके भएको जानकारी गराउँदै सुवेदीले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले विभिन्न खेलकुद तथा क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको बताईन् । सम्मान पछि कप्तान पौडेलले क्रिकेट मैदानको अनुगमन समेत गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !