नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डेन्टल कलेज सञ्चालन

कोहलपुर माघ १५,

लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले डेन्टल कलेज सञ्चालन गरेको छ ।

२०५३ सालदेखि सञ्चालनमा रही कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया दाङ सल्यान रुकुम, रोल्पा प्युठान तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका जनताहरूलाई स्वास्थ्य उपचार सेवा र चिकित्साशास्त्र अध्यापन सेवा पुर्‍याउँदै आइरहेको यस अस्पतालले डेन्टल कलेज सञ्चालनमा ल्याएको हो । ४ सय बेड क्षमतामा सञ्चालन गर्न स्वीकृत अस्पतालले यस वर्षदेखि डेन्टल अस्पताल सञ्चालन गर्ने स्वीकृति अनुसार डेन्टल कलेजको स्थापना गरेको हो । अस्पतालको सेवा विस्तारका क्रममा नेपालगञ्ज डेन्टल कलेज स्थापना भई यस क्षेत्रका सेवाग्राहीलाई दन्त स्वास्थ्य सेवा र दन्त शिक्षा अध्ययन अध्यापन गराउन स्वीकृत प्राप्त भई पुष २५ गतेबाट दन्तसम्बन्धी बिडिएस अध्ययन अध्यापन गर्न लागेको मङ्गलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

हालै मात्र केयुबाट स्वीकृत भई विधियास प्रोग्राम मा १५ जना विद्यार्थी बिएमएलटिमा ५ जना विद्यार्थी, र एमआइटीमा ५ जनाको कोटा प्राप्त भए अनुसार दन्त कलेज सञ्चालन भइरहेको छ । डेन्टल कलेजमा डेन्टल सम्बन्धी नौवटा डिपार्टमेन्टहरूको स्थापना गरी अति विशिष्ट विशेषज्ञद्वारा उच्चस्तरीय सेवा अत्याधुनिक उपकरणद्वारा सुलभ शुल्कमा प्रदान गर्दै आएको छ । दन्तसम्बन्धी सम्पूर्ण उपचार गर्नका लागि निम्न विभागहरूबाट निम्नांशका सेवाहरू प्रदान गर्दै आइरहेको छ।

डेन्टल विभागहरू:

१. ओरल मेडिकल एण्ड रेडियोलोजी: सिबिसिटी उन्नत इमेजिङ प्रविधि हो जसले दाँत नरम तन्तु नशाका मार्गहरू र अनुहार तथा गिजाको हड्डीको विस्तृत डिभेन्सनल (3D) चित्र प्रदान गरिन्छ । यसले साधारण एक्सरे दिनेभन्दा दुई गुणा डिफेन्स ल (2D) तस्वीर र विस्तृत जानकारी दिन ।

2. Oral & Maxillogical Surgery (मुख तथा अनुहारको शल्यक्रिया) (क) मुख तथा अनुहारको क्यान्सर
3. (ख) हड्‌डी मिलाउने
4. (ग) कृतिम जरा राखी दॉत हाल्ने
5. (घ) अनुहारमा चोटपटक लागेको मिलाउने ।
6. (क) नक्कली दाँत हाल्ने, (ख) फिक्स दाँत झिक्ने र राख्ने
7. (ग) पुरै सेट दाँत हाल्ने
8. (घ) नक्कली आँखा, नाक कान र गाला मिलाउने ।
४ अर्थाडेन्टिक विभाग
(क) बाङ्गो दाँत मिलाउने
(ख) नमिलेको गिजा (हबडी) मिलाउने ।
4. Periodontics, निजा सम्बन्धी विशेषज Pedodontics बच्चाहरूको दाँत विशेषज्ञ
७. Oral Pathology: प्याथोलोजी दाँत सम्बन्धी सबै प्रकारका रोग पत्ता लगाउने विशेषज ।
८. इण्डोडेन्टिक्स : दाँतको जरा सम्बन्धी सम्पूर्ण उपचार सेवा
९. कम्युनिटी डेण्ट्रिस्ट्री स्वास्थ्य शिविर र जन समुदाय स्तरमा दाँत सम्बन्धी जनचेताना ।
सेवा विस्तारकै क्रममा क्यान्सरको उपचार सेवा पनि शुरु भएको र विगतमा नेपाल सरकारको नीति अनुरुप लागु भएको स्वास्थ्य बीमा सेवा सरकारकै निर्देशनमा केही समय बन्द भई पुन मिति २०८१ साउन १ गतेबाट संचालन भएको छ ।

यो अस्पतालले विगत कोभिड १९ को आपत्कालीन महामारीको अवस्थामा समेत थप बेड सञ्चालन गरी निरन्तर रुपमा बिरामीहरूको उपचार सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । सेवा विस्तारकै क्रममा क्यान्सरको उपचार सेवा पनि शुरु भएको र विगतमा नेपाल सरकारको नीति अनुरुप लागु भएको स्वास्थ्य बीमा सेवा सरकारकै निर्देशनमा केही समय बन्द भई पुन मिति २०८१ साउन १ गतेबाट संचालन भएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर