कोहलपुर, माघ २२,
कोहलपुर सिटी एकेडेमी कोहलपुर बाँकेको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ ।
बुधबारदेखि विद्यालयको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको हो । संस्थापक प्रिन्सिपल प्रशान्त रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नगर युवा तथा खेलकुद शाखा कार्यालय प्रमुख रामबहादुर हमाल प्रमुख अतिथि रहेका थिए ।
प्रमुख अतिथि हमालले वार्षिक खेलकुदको अवसरमा शुभकामना व्यक्त गर्दै विद्यार्थीलाई अध्ययन मात्रै नभई खेलकुद पनि अपरिहार्य रहेको बताए । स्वास्थ्यका लागि पनि खेल आवश्यक रहेको बताउँदैं उनले खेलाडी निर्माण हुने गरी खेल्न आग्रह गरे ।
विद्यालयको वार्षिक खेलकुद कार्यक्रममा विभिन्न विधाका खेलहरु विद्यार्थीहरूलाई खेलाइने छ । विद्यार्थीहरूलाई फरक फरक विधामा खेलकुदमा प्रतिस्पर्धा गराइने विद्यालयले जनाएको छ।