राम कुमार थारु
बाँके, ३ फागुन
जापानीज शैक्षिक परामर्श संघ बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा जापानिज भाषाको ४ विधा (शब्दावली, लिस्सनिंग, खान्जी, र ग्रामर) मा आधारित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा जिल्लामा आफ्नो कार्यक्षेत्र बनाई काम गरिरहेका १३ वटा शैक्षिक परामर्श (Education Consultancy) संस्थाहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको नतिजा अनुसार, प्रथम स्थानमा हायाबुसा कन्सल्टेन्सी, दोस्रो स्थानमा ब्राइट इन्टेक एजुकेशन कन्सल्टेन्सी र एभरेस्ट कन्सल्टेन्सी तेस्रो स्थान ल्याउन सफल रहेको छ । उक्त कार्यक्रममा हायाबुसा कन्सल्टेन्सीका विद्यार्थी दिलमाया बुढाक्षेत्री, रुपा बुढामगर, रश्मी दर्जी र लक्ष्मी उपाध्याय सहभागी थिए भने ब्राइट इन्टेक एजुकेशन कन्सल्टेन्सीका विद्यार्थी अप्सरा तिमिल्सेना, नविना शाही, स्वस्तिका थापा र इश्वर शाही सहभागी थिए । त्यस्तै एभरेस्ट कन्सल्टेन्सीका विद्यार्थी मन्जु खत्री, सुमि नेपाली, मनिषा वली र पवित्रा पुन मगर सहभागी रहेका थिए । यस प्रतियोगिताले जापानी भाषाको ज्ञान र क्षमता बढाउनका साथै सहभागी संस्थाहरू बिच स्वस्थ प्रतिस्पर्धाको माहोल सिर्जना गरेको छ ।
जापानीज शैक्षिक परामर्श संघ बाँकेले यस्ता प्रतियोगिताहरू मार्फत नेपाली विद्यार्थीहरूलाई जापानी भाषा र संस्कृतिको ज्ञान बढाउन र जापानमा उच्च शिक्षा तथा रोजगारीका लागि तयार गर्ने उद्देश्य राखेको छ । यसरी नै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गराउने संघको योजना रहेको छ ।