ज्ञान ज्योति मावि वगियाको ३१औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कोहलपुर, फागुन ५,

बाँकेका कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञान ज्योति मावि वगियाले ३१औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष मञ्जन बुढाको अध्यक्षतामा ३१औं वार्षिकोत्उसव कार्यक्रम आइतबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण आचार्यले वार्षिकोत्सवको उद्घाटन गर्दै कोहलपुरलाई शैक्षिक हव बनाउन बहुआयमिक बनाउन आवश्यक रहेको बताएका छन् । आचार्यले नतिजा मात्र नभई खेलकुद, साँस्कृतिक, रितिरिवाजलाई समेत पढाइले केन्द्रिकृत गर्न बताए । उनले कोहलपुरमा संस्कार सहितको शिक्षा र बहुआयामिक बनाउने ठाउँ कोहलपुर हो भन्ने चिनाउनुपर्ने धारणा व्यक्त गरे ।

अभिभावक, शिक्षक र विद्यार्थीहरुको त्रिकोणात्मक सम्बन्ध मजबुद हुनुपर्ने बताए । यस्तै कोहलपुर नगरपालिका ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले कोहलपुरको केन्द्रमा रहेको यस विद्यालयमा भौतिक अवस्था सुधारका लागि विशेष ध्यान दिन नगर प्रमुखलाई आग्रह गरिन् । यस्तै विद्यालयका पुर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्ना स्वर्गीय दाजुको नाममा रु ५० हजारको अक्षय कोष स्थापना गरेका छन् भने विद्यालयका संस्थापक अध्यक्ष कर्ण वहादुर थापाले आफ्नी स्वर्गीय श्रीमतीको नाममा रु १ लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

यस्तै विद्यार्थीले रचनात्मक नृत्य, म्युजिकल पिटी, प्रतियोगितात्मक नृत्य र नाटक मार्फत आ–आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा नेकपा एमाले कोहलपुर नगर अध्यक्ष कुल बहादुर भट्टराई, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष बल बहादुर खड्का (अविरल), कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, सामाजिक विकास समितिका संयोजक इश्वरी विकले मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद ढकालले शैक्षिक सत्र २०८१ को आय व्यय प्रतिवेदन तथा आगामी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट अभिभावक, शिक्षक–कर्मचारी, विभिन्न क्लवका विद्यार्थी लगाएतलाई सम्मान गरिएको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !