मिसन पब्लिक एकेडेमी कोहलपुर ९ को अभिभावक दिवस सम्पन्न

कोहलपुर, फागुन १०,

मिसन पब्लिक एकेडेमी कोहलपुर ९ को अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयका प्रबन्धक÷संस्थापक लक्ष्मी नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गा बहादुर चौधरी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी चौधरीले विद्यालयले शैक्षिक विकासमा योग्य नागरिक उत्पादन गर्नुपर्ने सुझाव दिएका छन् । चौधरीले विद्यालयलाई गणुस्तरीय शिक्षाको केन्द्रको रुपमा स्थापित गर्न विभिन्न शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए ।

उनले शैक्षिक गुणस्तर सुधार तथा दक्ष जनशक्ति उत्पादनका लागि शिक्षक अभिभावक, विद्यार्थी सबैको भुमिका उत्तिकै आवश्य रहेको उल्लेख गरे । यस क्षेत्रका आम विद्याथी र अभिभावकको आकर्षणको शैक्षिक संस्थाका रुपमा उभ्याउने सबैको साथ आवश्यक रहेको बताए । कार्यक्रममा शिखा एकेडेमी बाँकेका प्रिन्सिपल राजिव सुवेदीले विद्यार्थीको सबै प्रकारका प्रतिभा प्रस्फुटन गराउने कार्यमा विद्यालयलाई अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीको व्यवस्थापन र शैक्षिक गतिविधि उत्कृष्ट ढंगले सञ्चालन गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा कोहलपुर सिटी एकेडेमीका प्रिन्सिपल प्रशान्त रिजाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा अभिभावकको उल्लेख्य उपस्थितिमाझ विद्यार्थीले रचनात्मक नृत्य, कविता, प्रहसन तथा नाटकमार्फत आ–आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा लामो समयसम्म विद्यालयलाई योगदान दिने शिक्षक, शिक्षिका लोकमाया थापालाई सम्मान गरिएको थियो भने साँस्कृतिक प्रदर्शनी तथा अतिरिक्त क्रियाकलाप सहायता वाफत कदर पत्र सुस्मिता आले मगरलाई प्रदान गरिएको थियो । यस्तै स्वीकृती चलाउनेलाई अनुसाशन, नियमित विद्यालय आउने सजित चन्द, सरसफाई तर्फ राजषी थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक चौधरीले विद्यायलले विद्यार्थीको नियमित पठनपाठनका अतिरिक्त बाह्य प्रतियोगितात्मक सहयोगकार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनले विद्यालयको गुणस्तर वृद्धिका लागि सहयोग गर्ने बचन पनि दिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश