कोहलपुर नगरपालिका निःशुल्क आँखा शिविर विभिन्न वडामा जारी

कोहलपुर, फागुन ११,

बाँके कोहलपुर नगरपालिकामा निशुल्क आँखा शिविर भैरहेको छ ।

गएको शुक्रबार फागुन ९ गतेदेखि कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा निशुल्क आँखा शिविर संचालन भैरहेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १ देखि १५ सम्मकै वडाहरुमा कोहलपुर नगरपालिकाको आयोजना तथा नगर स्वास्थ्य शाखाको सहकार्यमा आँखा शिविर संचालन भैरहेको हो । नगरपालिकामा सप्ताहव्यापी निःशुल्क आँखा शिविर संचालन भैरहेको नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए ।

‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा हाम्रो साझेदारी’ भन्ने मूल नारासहित तिलगंगा आँखा अस्पतालसँगको समन्वयमा सुरु भएको आँखा शिविर फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । शिविर शुक्रबारदेखि कोहलपुर–१४ स्थित राम माध्यमिक विद्यालयबाट सुरु भएको हो । शिविरको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेका हुन् । शनिबार कोहलपुर नगरपालिका वडा नम्बर ४ मा पनि आँखा शिविरमार्फत् त्यहाँका स्थानीय नागरिकहरुका आँखा जाँच गरिएको हो । वडा नम्बर ४ मा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख ईश्वरी बि.के.ले शिविरको उद्घाटन गरेका हुन् ।

उनले आँखा शिविरले कोहलपुरका नागरिकलाई राहत पुुग्ने बताए । संयोजक बि.क.ले उनले सम्पूर्ण नागरिकलाई शिविरमा गएर आँखा चेकजाँच गर्न आग्रह गरे । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मुबारक अली गुजर लगायतको सहभागिता रहेको थियो । शिविर कोहलपुरमा १५ वटै वडामा सञ्चालन हुनेछ । शुक्रबार पहिलो दिन सुरु भएको शिविरमा बालबालिकादेखि युवा र जेष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैगरी स्क्रिनिङको क्रममा आँखा सम्बन्धी गम्भीर समस्या देखिएकाहरूको निःशुल्क शल्यक्रियासमेत गरिनेछ । शिविर ज्येष्ठ नागरिकलाई लक्षित गर्दै बालबालिका तथा अन्य उमेर समूहका नागरिकहरूले समेत सेवा पाउँनेछन् । आँखा जाँच र अपे्रसन निःशुल्क गरिनेछ । शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको कोहलपुर नगर अस्पतालमा फागुन १६, १७ र १८ गते निःशुल्क शल्यक्रिया गरिने छ । शल्यक्रिया गर्नुपर्ने कोहलपुर नगरभित्रका बिरामीलाई खाजा खर्चसहित घरसम्म पु¥याउने व्यवस्था गरिएको छ ।

शिविरका लागि तिलगंगा आँखा अस्पतालका दुईजना र सुर्खेेत आँखा अस्पताल सुर्खेतबाट दुईजना विशेषज्ञ आएका छन् । शिविरमा आँखा जाँच, ओपिडी सेवा, मोतिविन्दुको जाँच, औषधी वितरण तथा शल्यक्रियाका लागि व्यक्ति छनोट गरिनेछ । आँखा शिविर आईतबार कोहलपुर नगरपालिका वडा नम्बर २ सालकोबुटामा संचालन हुनेछ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश