तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ हुँदै–अन्तराष्ट्रिय दुई टिम घाना र भारतसहित ८ टिमको सहभागिता रहने : विजेताले लिनेछ ८ लाख

कोहलपुर, फागुन ११,

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ हुँदै छ ।

यही फागुन १७ गतेदेखि २४ गतेसम्म तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१ सञ्चालन हुने आईतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । पहिलो र दोस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको संस्करण भव्यरुपमा सम्पन्न गरेको रेसिङ साहाराले तेस्रो गोल्पकपको तयारीको अन्तिम अवस्थामा छ । यस वर्ष देखि स्थानीय पर्यटन तथा खेलकुद पर्यटन प्रवद्र्धनका लागी मुख्यमन्त्री कोहलपुर गोल्डकपको आयोजना गरेको क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले बताएका छन् ।

गोल्डकपमा ८ वटा टिमले खेल्ने छन् । दुईवटा अन्तराष्ट्रिय टिमको पनि सहभागिता रहने भएका कारण मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८१ निकै रोचक हुने देखिएको छ । भारतको प्रसिद्ध साहारा फुटबल क्लब तथा अफ्रिकन देश घानाले नेपालका टिमको सामाना गर्ने छ । अन्तराष्ट्रिय दुई टिमसहित नेपालका प्लानिङ्ग व्याईज युनाईटेड क्लब काठमाण्डौ, दुम्बिनी फुटबल एकेडेमी घोराही, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राईजिङ स्टार फुटबल क्लब नवलपरासी, राईनो फुटबल क्लब गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा क्लबले गोल्डकपमा प्रतिष्पर्धा गर्नेछन् ।

खेल फिफाको नियम अनुसार हुनेछ । ५१ लाख २६ हजार लागत खर्च लाग्ने आयोजकको अनुमान छ । विजेता टिमलाई ८ लाख पुरस्कार राखिएको छ भने उपविजेतालाई ४ लाख रहेको क्लबका सचिब नवकिरण शाहले जानकारी दिए । म्यानअ फ द टुर्नामेन्ट ५१ ह्जार, वेस्ट कोच, वेस्ट डिफेण्डर वेस्ट किपर, वेस्ट हाईस्कोर १०/१० हजार तथा म्यान अफ द म्याच ५ हजार रहेको शाहले बताए । पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, आयोजक टिम तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !