कोहलपुर ,फागुन १२,

कोहलपुरमा जारी ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को उपाधिका लागि बालशिक्षा मावि भरैया र लक्ष्मी माविबीच फाइनल हुने भएको छ ।

सोमबार बालशिक्षा मावि भरैयाले गोरखा युनाइटेड पब्लिक स्कुललाई र लक्ष्मी माविले ज्ञानज्योति माविलाई हराउँदै फाइनल यात्रा तयार गरेका हुन् । छौटौँ दिन सेमिफाइनलका दुई वटा खेल भएका थिए । पहिलो खेल बालशिक्षा मावि र गोरखा युनाइटेड पब्लिक स्कुल बीच भएको थियो । दोस्रो खेल ज्ञानज्योति मावि र लक्ष्मी माविबीच भएको हो ।
पहिलो सेमिफाइनल खेलमा बालशिक्षा माविले पहिले टस जितेर ब्याटिङ रोज्यो । निर्धारित २० ओभरमा बालशिक्षा माविले ८ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । बालशिक्षा माविका लागि सार्बधिक हुमकली ओलीले २५ बलमा १८ रन र सम्झना पुन मगरले २० बलमा १४ रन बनाएकी थिइन् ।
बालशिक्षा माविले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै गोरखा युनाइटेड पब्लिक स्कुलले ६.२ ओभरमा अलआउट हुदै २१ रनमा समेटिएको थियो । यो सँगै बालशिक्षा मावि ७३ रनले विजयी हुदैँ फाइनल प्रवेश भएको हो । उक्त खेलमा बालशिक्षा मावि सम्झना पुन मगरले ३ विकेट लिदै म्यान अफ द म्याच समेत बनिन् ।

दोस्रो सेमिफाइनल खेलमा ज्ञानज्योति मावि र लक्ष्मी मावि बिच भएको थियो । पहिला टस जितेर लक्ष्मी माविले ब्याटिङ रोज्यो । ब्यटिङ गर्दै लक्ष्मी माविले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । लक्ष्मी माविका लागि एलिशा बुढाले सार्बधिक ३१ बलमा १६ र रितु रासकोटिले ७९ बलमा १० रन बनाएकी थिइन् । लक्ष्मी माविले दिएको १४० रनको लक्ष्य पछ्याउँदै ज्ञानज्योति माविले १०.२ ओभरमा अलआउट हुदै ४२ रनमा समेटियो ।

लक्ष्मी मावि यो सँगै ९७ रनले विजयी हुँदै फाइनल प्रवेश गरेको छ । विद्यालयका लागि रितुले बलिङतर्फ ३ विकट लिएकी थिइन् । उनी म्यान अफ द म्याच समेत बनिन् । प्रतियोगिता–२०८१ को फाइनल आज कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १० बजे हुँदैछ ।
बालशिक्षा मावि भरैया र लक्ष्मी माविबीच उपाधिको लागि भिडन्त हुँदैछ । बालशिक्षा मावि भरैयाले गोरखा युनाइटेड पब्लिक स्कुललाई हराएर फाइनल पुगेको हो भने लक्ष्मी मावि ज्ञानज्योति माविलाई हराउँदैै फाइनल पुगेको हो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश