बाँसगढी ४ बर्दियामा नेपाल शिक्षक संगठनको नयाँ नेतृत्व चयन

कोहलपुर, फागुन १३,

नेपाल शिक्षक संगठन बाँसगढी ४ मा संगठनमा आवद्ध शिक्षकहरूको एक भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।

सीता कुमारी चालिसेको अध्यक्षतामा एघार सदस्यीय वडा शिक्षक कार्य समिति गठन गरेको हो । उपाध्यक्ष मान बहादुर राना, सचिव भिम प्रसाद न्यौपाने, कोषाध्यक्ष कमला पौड्याल, सह–सचिव शुसिला रावल, सह–कोषाध्यक्ष मिना पौडेल, सदस्यहरूमा तुलसी बुढा, सावित्री चौधरी, दिपेन्द्र महर, सुनिल थारू र अमृता कठायत रहेका छन् ।

भेलाका प्रमुख अतिथि नेपाल शिक्षक संगठन बाँसगढीका नगर कार्य समितिका सल्लाहकार तथा शिक्षक महासंघ बाँसगढीका सदस्य ज्ञानेन्द्र पौडेलले शिक्षक संगठनमा आबद्ध शिक्षकहरूले इमान्दारिता र कर्तव्यनिष्ट शिक्षकको परिचय बनाउनु पर्ने बताउँदै पेशागत हक हितका लागि एकतावद्ध हुनु पर्ने आवश्यकता औल्याएका छन् । नेपाल शिक्षक संगठन बाँसगढीका नगर अध्यक्ष खगेन्द्र चन्दले शिक्षक संगठनको महत्व र औचित्य माथि प्रकाश पारे ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक खिम बहादुर खड्काद्वारा स्वागत गरिएको कार्यक्रममा नेपाल शिक्षक संगठन बाँसगढी नगर कार्य समितिका सदस्य फग्गुवा थारूको अध्यक्षतामा भेलाको आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव करसिङ बुढाले गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर