नेशनल क्रिकेट एकेडेमी लम्की १० विकेटले विजयी

कोहलपुर, फागुन १७,

कोहलपुर क्रिकेट मैदानमा जारी स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले भिक्ट्री भाईपर नेपालगन्जलाई १० विकेटले पराजित गरेको छ ।

युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले उत्कृष्ट बलिङ गर्दै भिक्ट्री भाईपर नेपालगन्जलाइ १०.४ ओभरमा ५२ रनमा अलआउट गरेको थियो । ५२ रनको सामान्य लक्ष्य नेशनल क्रिकेट एकेडेमीले ७.५ ओभरमा विना क्षति ५६ रन बनाउँदै पूरा गरेको हो । नेशनल क्रिकेट एकेडेमीको लागि कमल बिष्टले अविजित ३६ रन बनाए । यस्तै हेमन्त क्षेत्रीले अविजित १९ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भिक्ट्री भाईपर नेपालगन्ज १०.४ ओभरमा सबै विकेट गुमाएर ५२ रनमा अलआउट भएको थियो । भिक्ट्री भाईपरका लागि सर्बाधीक रिहान सेखले ९ रन बनाए । नेशनल क्रिकेट एकेडेमी लम्कीका हेमन्त क्षेत्रीले सर्बाधिक ४ विकेट लिए भने कवि बमले ३ र सुरेश भण्डारीले २ विकेट लिएका थिए । दोस्रो खेलको प्लेयर अफ द म्याच नेशनल क्रिकेट एकेडेमी लम्कीका हेमन्त क्षेत्री बनेका छन । उनले आफ्नो टिमका लागी १९ रन र ४ विकेट लिएका थिए ।

नकआउट चरणमा खेलिने खेलमा सि.एम ११ दाङ्ग र भिक्ट्री भाईपर नेपालगन्जले हार बेहोरे संगै स्व. वीरेन्द्र शाहि स्मृति खुल्ला टि२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् । भोलि फागुन १८ गते प्रतियोगिताको तेस्रो खेल आयोजक टिम युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर र यङ्गगन्ज नेपालगन्ज विच विहान ९ बजे र चौथो खेल एच.सि.ए. काठमान्डौ र घोडाघोडी ११ सुखड कैलाली विच दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश