साहारा क्लब भारतलाई हराउँदै राईजिङ्ग स्टार फुटबल क्लब नवलपरासी विजयी– प्लानिङ व्वाईज युनाइटेड र राईनो फुटबल क्लब बिचको खेल भोली हुँदैं

कोहलपुर, फागुन १८,

साहारा क्लब लखनउ भारतलाई हराउँदै राइजिङ स्टार फुटबल क्लब नवलपरासी विजयी भएको छ ।

बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको दोस्रो खेलमा राइजिङ स्टारले पेनाल्टीमार्फत् साहारालाई हराएको हो । दोस्रो क्वाटर फाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्न सकेनन् । दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए । दुवै क्लबले गोल गर्ने धेरै अवसर गुमाए ।

दुवै टोली गोल गर्न असफल भएपश्चात खेल पेनाल्टीमा जान बाध्य भएको हो । पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी भाग्यमानी ठहरियो । गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । आफ्नो टिमलाई जिताउन सुनारले साहाराका तीन वटा पेनाल्टी बचाएका थिए । खेल निकै प्रतिष्पर्धात्मक तथा रोचक भएको थियो । राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

म्यान अफ द म्याच घोषित सुनारलाई कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मरण राज पौडेलले पुररस्कार प्रदान गरेका हुन् । म्यान अफ द म्याच घोषित सुनारले आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न पाउँदा खुसी लागेको बताए । गोल्डकपको पहिलो दिन सम्पन्न पहिलो क्वाटर फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लबले विजयी थियो । शनिबार सम्पन्न खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी भएको हो ।

गोल्डकपको तेस्रो दिन सोमबार दिउँसो ३ः०० बजे प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब गण्डकीबिच खेल हुनेछ । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले ८ लाख रुपैयाँ र द्वितीय हुने टिमले ४ लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !