कोहलपुर, फागुन १९,
प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब गण्डकीबिच भएको खेलमा प्लानिङ व्वाईज युनाइटेड क्लब २–० ले विजयी भएको छ ।
कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तेस्रो खेलमा खेलमा प्लानिङ व्वाईज युनाइटेड विजयी भएको हो । जितका लागि खेलको ४७औं मिनेटमा जर्सी नम्बर २८ का एलेक्सले १ गोल गरेका थिए । भने जर्सी नम्बर १४ का सरोज कार्कीले १ गोल गरेका थिए । कार्कीले ८० मिनेटको खेल पछि थप गरेको ४ मिनेको समयावधीमा गोल गरेका हुन् ।
खेल निकै रोमान्चक बनेको थियो । जितका लागि दुवै टोलीले कडा संघर्ष गर्नु परेको थियो । दुवै टोलीले प्रभावकारी प्रदर्शन गरेका थिए । खेलको ९ मिनेटमा फागुराम थारु, ४४ मिनेटमा फोलोरेन्ट र प्रताप राईले ७१ औं मिनेटमा पहिलो कार्ड पाए । म्यान अफ द म्याच प्लानिङ व्वाईज युनाइटेडका एलेक्स बन्न सफल भए । उनले नगद पुरस्कार ५ हजार प्राप्त गरेका छन् । उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, कोहलपुर १३ का वडाध्यक्ष डम्बर बहादुर खड्का लगायतले पुरस्कार प्रदान गरेका हुन् ।
खेलको चौथो दिन दिउँसो ३०ः३० बजे अफ्रिकन राष्ट्र घाना फुटबल क्लब र काक्रेबिहार फुटबल क्लब सुर्खेत आमने सामने हुनेछन् । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले ८ लाख रुपैयाँ र द्वितीय हुने टिमले ४ लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।