अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

कोहलपुर, फागुन २०,

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

काक्रेबिहार फुटबल क्लब सुर्खेत, बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा काक्रेबिहारले अफ्रिकन फुटबल क्लब, घानालाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा काक्रेबिहार सफल बनेको हो । खेलमा काक्रेबिहारका गोलरक्षक तिलक खड्का प्लेयर अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन २१ गते बुधबारको पहिलो सेमिफाइनल खेल प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौं र आयोजक कोहलपुर रेसिङ्ग सहारा फुटबल क्लब, कोहलपुरबीच हुने आयोजकले जानकारी दियो

कोहलपुर रेसिङ सहारा फुटबल क्लब, कोहलपुर, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २४ गतेका दिन हुनेछ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई