कोहलपुरमा सुनचाँदी गहना निर्माण तालिम सुरु, परम्परागत सीपको जगेर्नामा जोड

कोहलपुर, बैशाख ९,

कोहलपुर नगरपालिकाको आयोजनामा सुनचाँदी गहना निर्माण सम्बन्धी सीप विकास तालिम सुरु भएको छ ।

स्थानीय युवा, महिलाहरू र परम्परागत सीप बोकेका व्यक्तिहरूलाई लक्षित गर्दै सुरु गरिएको तालिममा आत्मनिर्भरता र परम्परागत हस्तकला प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । तालिमको उद्घाटन कार्यक्रममा वक्ताहरूले सीप सिक्नेलाई उत्साहजनक कदम भन्दै आफ्नो मौलिक सीपलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनीहरूले आधुनिक प्रविधिसँग परम्परागत सीपको संयोजन गरेर रोजगारीको नयाँ बाटो खोल्न सकिने बताएका थिए ।

उनीहरुले भने,–‘हामीसँग पीढीयौँदेखि चल्दै आएको सुनचाँदी गहना बनाउने सीप छ । अब हामीले त्यसलाई नयाँ डिजाइन र बजारसँग जोडेर अगाडि बढ्नुपर्छ ।”

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले तालिमपछि सहभागीहरूलाई सिपअनुसार रोजगारमा जोड्ने, सहकार्यमा आधारित साना उद्योगहरू खोल्न प्रोत्साहित गर्ने योजना बनाएको बताए । तालिमले युवाहरुले आयआर्जनको माध्यमको रूपमा लिनुपर्ने प्रमुख आचार्यले बताए । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष देबिलाल सुनारको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !