बाँकेमा एक सातादेखि हराएका १० वर्षीय बालक मृत फेला, प्रहरीको अनुसन्धान सुरु

कोहलपुर, बैशाख १६,

बाँकेमा एक सातादेखि हराएका १० वर्षीय बालक मृत फेला परेका छन् ।

बाँके बैजनाथ–४ का १० वर्षीय कुशल बुढा एक साताअघि हराएका थिए । कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत कुशल वैशाख ८ गतेदेखि सम्पर्कविहीन भएपछि आमाले व्यग्र खोजी गरिरहेकी थिईन् । उनकी आमा यशोधा बुढाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा छोराको खोजीका लागि निवेदन दिएकी थिइन् ।

स्थानीय एकजना बाख्रा चराउन गएका व्यक्तिले खेतमा मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुग्दा शव केही माटोले पुरिएको अवस्थामा बालकको शव बैजनाथकै एक खेतमा गाडिएको अवस्थामा फेला परेको छ ।

त्यहीँ नजिकै परालले छोपिएको कुशलको टिसर्ट र साइकलसमेत फेला परेको प्रहरीले जनाएको छ । कुशल बैजनाथ–४, नौलापुर घर भई आमासँगै कोहलपुरमा डेरा गरेर बस्दै आएका थिए । उनका बुबाको केही वर्षअघि मृत्यु भएपछि आमा यशोधाले निरकनाथ योगीसँग पुनः विवाह गरेकी थिइन् ।

ईकाला प्रहरी कार्यालय कोहलपुका प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । अनुसन्धानको सिलसिलामा कुशलकी आमा र सौतेनी बाबुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पौडेलले बताए । बालकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंगमा राखिएको छ । यस घटनाले स्थानीय समाजमा स्तब्धता छाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !