रामारोशन महोत्सव–२०८२ः अछामको सुन्दरता र संस्कृतिको उत्सव

कोहलपुर, बैशाख १६,

अछाम जिल्लाको प्रतिष्ठित पर्यटकीय गन्तव्य रामारोशन क्षेत्रको प्रवद्र्धनका लागि आगामी वैशाख २५ गतेदेखि ३१ गतेसम्म ‘रामारोशन महोत्सव–२०८२’ आयोजना हुने भएको छ ।

रामारोशन गाउँपालिका–१ स्थित मुजाबगरमा आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई प्रकृति, संस्कृति र स्थानीय जीवनशैलीको अनुपम अनुभव गराउनेछ । रामारोशन गाउँपालिकाको मुख्य पहलमा नेपाल पर्यटन बोर्ड, विभिन्न संघ–संस्था तथा स्थानीय तहहरूको सहकार्यमा आयोजना हुन लागेको महोत्सवले रामारोशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य राखेको छ । आयोजक समितिका संयोजक जनक साउँदका अनुसार, महोत्सवले पर्यटनमार्फत स्थानीय आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

“प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र स्थानीय परम्परालाई उजागर गर्ने यो महोत्सवले अछामलाई नयाँ उचाइमा पु¥याउनेछ,” संयोजक जनक साउँदले बताए । महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्थानीय कला तथा संस्कृति प्रदर्शनी, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी र पर्यटकीय पदयात्रालगायतका आकर्षक कार्यक्रमहरू समावेश गरिनेछ ।

युवापुस्तामा पर्यटनप्रति आकर्षण बढाउने र स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले विभिन्न स्टलहरू पनि सञ्चालन गरिनेछन् । त्यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति, परम्परागत झाँकी, रमाइला प्रतियोगिताहरू र स्वादिलो स्थानीय परिकारहरूको स्टलहरूले महोत्सवमा रौनक थप्नेछन् ।

सुरक्षा व्यवस्थाबाट सुरु भएर पर्यटकहरूका लागि आवश्यक पूर्वाधार तथा सेवा सुविधासम्म सबै पक्षमा विशेष तयारी गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा सहभागीहरूलाई रामारोशनका १२ सुन्दर ताल र १८ मैदानहरूको मनोरम दृश्यावली पनि अवलोकन गराइनेछ ।

विशेषगरी, महोत्सवबाट संकलन हुने रकम हालै जयगढ र साँफेबगर क्षेत्रमा भएको विनासकारी आगलागीबाट पीडित भएका परिवारहरूको पुनस्र्थापना तथा राहतमा खर्च गरिने आयोजकले स्पष्ट पारेको छ । “यो महोत्सव पर्यटन प्रवद्र्धनसँगै मानवीय सेवा र सहकार्यको पनि प्रतीक हुनेछ,” संयोजक साउँदले जोड दिए ।

स्थानीयवासी, पर्यटन व्यवसायी तथा सरोकारवाला निकायहरूले महोत्सवप्रति उच्च उत्साह देखाइरहेका छन् । आयोजकले सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महोत्सवमा सहभागी भई अछामको अनुपम प्राकृतिक सुन्दरता र समृद्ध संस्कृति नजिकबाट अनुभूत गर्न आग्रह गरेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !