कोहलपुर, बैशाख २१,
नेकपा (एकीकृत समाजवादी) बाँकेको आठौं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
पार्टी संगठनलाई सुदृढ गर्ने उद्देश्यसहित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्ला अधिवेशनबाट दीपक जी.एम. सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएका छन् । त्यस्तै, शिव डागी र करिश्मा योगी उपाध्यक्ष, तेजप्रसाद अधिकारी सचिव, र टेकेन्द्र मल्ल उप–सचिव पदमा निर्वाचित भएका छन् ।
नव निर्वाचित पदाधिकारीहरूलाई पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन् । नेताहरूले अधिवेशनको समापनमा दिएको मन्तव्यमा पार्टीलाई जनस्तरसम्म मजबुत बनाउँदै समाजवादको मार्गचित्रमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



