कोहलपुरमा इरिक्सा र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु

कोहलपुर, बैशाख २१,

कोहलपुर नगरपालिका–११ मा आइतबार इरिक्सा र म्याजिक भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर ११ का ३३ वर्षीय भीमबहादुर शाही रहेका छन् । भे १ ख ९५६१ नम्बरको इरिक्सा चालक शाहीको दुर्घटनामा गम्भीर घाइते भई नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक, डिएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।

दुर्घटना कोहलपुर १ कौशिला नगरका ३२ वर्षीय लक्ष्मण शाहीले चलाएको म्याजिक भ्यानसँग इरिक्सा ठोक्किँदा भएको हो । घटनापछि प्रहरीले म्याजिक चालक शाहीलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताईन् । दुबै सवारी साधनको गति र सावधानीको कमीले दुर्घटना हुन पुगेको हुन सक्ने अनुमान गरिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !