कोहलपुरमा नयाँ आकर्षणः जनभावना क्याफे एण्ड रेस्टुरेन्ट–सस्तो, सुलभ र स्वादिलो भोजनको गन्तव्य

कोहलपुर, बैशाख २१,

कोहलपुरमा हालै सञ्चालनमा आएको ‘जनभावना क्याफे एण्ड रेस्टुरेन्ट’ छोटो समयमा नै स्वाद र सेवा दुवैका लागि चर्चित बन्दै गएको छ । कोहलपुरको न्युरोड दसविगाह नजिकै संचालनमा आएको जम्मा २२ दिनमै रेस्टुरेन्टले ग्राहकको उल्लेखनीय ध्यान खिच्न सफल भएको छ । स्वादिलो खाना, किफायती मूल्य र आत्मीय सेवाको संयोजनले जनभावनालाई कोहलपुरबासीको रोजाइमा पु¥याएको हो ।

जनभावना क्याफेले विशेषगरी रु १०० मा उपलब्ध गराइने विशेष खानाको व्यवस्था गरेका छन्, जसमा भात, दाल, तरकारी, अचार लगायतका परिकार समावेश छन् । यस्तो दरमा यति गुणस्तरीय खाना अन्यत्र विरलै पाइन्छ । दैनिक झण्डै २०० जना ग्राहक यहाँ खाना खान आउने गरेको सञ्चालक नारायण थापा बताउँछन् । बाँसगढी, बर्दियाबाट आएका थापाले सेवा, स्वाद र मूल्यलाई सन्तुलित बनाएर सबै वर्गका ग्राहकलाई लक्षित गरी यो क्याफे सञ्चालनमा ल्याएको बताएका छन् ।

जनभावनाको अर्को विशेषता भनेको यहाँ पाइने सस्तो मूल्यको मिनेरल वाटर हो । अन्य ठाउँमा रु ३० पर्ने पानीको बोतल यहाँ रु १५ मै उपलब्ध छ, जसले ग्राहकहरूलाई थप आकर्षित बनाएको छ । हाल क्याफेमा पाँच जना स्थानीय युवा कर्मचारीले सेवा दिइरहेका छन् । यद्यपि थापाका अनुसार कर्मचारी संख्या अझै अपुग भएकाले रोजगारीका लागि इच्छुकहरूलाई अवसर खुला छ । यसले कोहलपुरमा युवालाई स्वरोजगारमा लाग्ने प्रेरणा समेत दिएको छ ।

सरसफाइ, स्वाद, सेवा र सत्कारमा कुनै सम्झौता नगरेको जनभावनाले छोटो समयमै राम्रो छवि बनाइसकेको छ । यहाँको वातावरण शान्त, पारिवारिक र आत्मीयताले भरिएको छ, जसले एकपटक आएको ग्राहकलाई पटकपटक फर्किन बाध्य बनाउँछ । जनभावना क्याफे एण्ड रेस्टुरेन्टमा पुगेर सस्तो, सुलभ र स्वादिलो भोजनको अनुभव लिन सकिन्छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !