कोहलपुर, बैशाख २६,
एक दुःखद दुर्घटनापछि खुट्टा गुमाएका जाजरकोटका ससे कामी अहिले गम्भीर आर्थिक संकटमा परेका छन् ।
गुलरिया नगरपालिका–९, टेपरीमा अस्थायी रूपमा बसोबास गर्दै आएका ३६ वर्षीय कामीको अहिलेको जीवन उपचार खर्च जुटाउन संघर्षरत बनेको छ । आमाको निधनका कारण केही समयअघि नेपाल फर्किएका ससे कामी काजक्रिया सम्पन्न गरेकै दिन बाथरूमको छतबाट लडेर गम्भीर घाइते भएका थिए । उनको देब्रे खुट्टामा गहिरो चोट लागेपछि प्रारम्भिक उपचारका लागि भारतको लखनउ लैजानुपरेको थियो । त्यहाँको उपचारमा करिब ६ लाख ५० हजार भारतीय रुपैयाँ खर्च भइसकेको छ ।
तर लखनउको उपचारले सुधार नआएपछि उनी नेपाल फर्किएर शिक्षण अस्पतालमा भर्ना भए । चिकित्सकहरूले अवस्था अत्यन्त जटिल भएको जनाउँदै खुट्टा काट्नुपर्ने निर्णय गरे । अहिले उनी एकतर्फी खुट्टा गुमाएर पुनःस्थापनाको पाटोमा रहेका छन् । ‘शरीरको एक भाग गुमाउनु आफैँमा पीडादायी छ, तर थप पीडा आर्थिक संकटले दिएको छ’ ससेले बताए । उपचार र औषधीमा अहिलेसम्म लागेका खर्चले उनको पारिवारिक स्रोत सकिएको छ । अहिले कृत्रिम खुट्टा (प्रोस्थेसिस), फिजियोथेरापी तथा अन्य उपचार प्रक्रियाका लागि उनलाई सहयोग आवश्यक परेको छ ।
ससे कामीले आफूजस्ता पीडामा परेकालाई सहयोग गर्ने सहृदयी मनहरूबाट सहयोगको अपील गरेका छन् ।
नम : ससे कामी
फोन नम्बर : ९७६४३८४७६३
बैंक : प्रभु बैंक
खाता नम्बर : ००८०१३२००३२००५२०००१