प्रेस चौतारी नेपाल, कोहलपुरको दोस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

कोहलपुर, बैशाख २९,

प्रेस चौतारी नेपाल, कोहलपुर नगर समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै पत्रकार प्रमोद रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

नवगठित कार्यसमितिमा सर्जन आरसी र विष्णु डाँगी उपाध्यक्षका रूपमा चयन भएका छन् भने रवि रोकाया सचिवमा निर्वाचित भएका छन् । त्यसैगरी, कृष्ण चौधरी कोषाध्यक्षमा, विजय परियार र संजय मण्डल सहसचिवमा चयन भएका छन् । कार्यसमितिमा प्रतिक चौधरी, सन्तोष शाही, दिपेन भण्डारी र हरिशरण काफ्ले सदस्यका रूपमा चयन भएका छन् ।

अधिवेशनमा उपस्थित वक्ताहरूले स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिताका लागि प्रेस चौतारीको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । नवनिर्वाचित अध्यक्ष प्रमोद रिजालले सबैलाई धन्यवाद दिँदै संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्थानीय सञ्चारकर्मी, सामाजिक अगुवा र पत्रकारिता क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !