कोहलपुर, बैशाख ३०,
श्री मध्य पश्चिम पृतना तालिम शिक्षालय र श्री राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयको संयुक्त रूपमा आयोजना गरिएको ८औं वार्षिकोत्सव, बडाभोज तथा सांस्कृतिक कार्यक्रम २०८२ भव्यता साथ सम्पन्न भएको छ ।
राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयका प्रमुख सेनानी शिशिर केसीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । श्री मध्य पश्चिम पृतना तालिम शिक्षालयका प्रमुख सेनानी प्रणब भट्ट र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा प्रमुख सेनानी केसीले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए । प्रमुख सेनानी केसीले स्वागत मन्तव्य राख्दै वार्षिकोत्सवको महत्व, संस्थाको प्रगति र भविष्यका योजनाबारे प्रकाश पारेका थिए । उनले तालिम शिक्षालयको निरन्तर सुधार, अनुशासन, दक्षता र समर्पणप्रति गर्व व्यक्त गर्दै सहभागी सम्पूर्ण कर्मचारी, परिवारजन र अतिथिहरूप्रति आभार व्यक्त गरे।
कार्यक्रमको विशेष आकर्षणका रूपमा महिला, बालबालिका तथा अतिथिका लागि विभिन्न साँस्कृतिक प्रस्तुतीहरू, मनोरञ्जनात्मक खेलहरू र अन्य विविध गतिविधिहरू प्रस्तुत गरिएका थिए । कार्यक्रमले सहभागिहरूमा उत्साह, सामूहिकता र आपसी सहकार्यको भावना विकास गरेको छ । वार्षिक उत्त्वसका अवसरमा उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो । शिक्षालयमा उल्लेखनीय योगदान पु¥याएका कर्मचारीहरूलाई प्रमुख सेनानी शिशिर के.सी र प्रमुख सेनानी प्रणब भट्टले प्रशंसा–पत्र तथा सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा सैनिक, परिवारजन, स्थानिय समुदायका प्रतिनिधिहरू तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकले कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमले आपसी सम्बन्ध र सेवा भावना बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।