कोहलपुरमा रात्रिकालीन क्रिकेट नाइट टुर्नामेन्ट सुरु

कोहलपुर, जेठ ९,

बाँकेको कोहलपुरमा रात्रिकालीन क्रिकेट नाइट टुर्नामेन्ट शुक्रबारबाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचायले व्याटिङ तथा नगर उपप्रमुख संगीता सुवेदीले वलिङ गरेर गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले युवा तथा खेलप्रेमीहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्न यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताउँदै खेलकुदमार्फत समाजमा अनुशासन, एकता र सहकार्यको भावना बलियो हुने उल्लेख गरे । कार्यक्रमको अध्यक्षता कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले गरेका थिए । उनले खेलकुद क्षेत्रलाई संस्थागत र दिगो बनाउँदै लैजान यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने जानकारी दिए । कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले पनि मन्तव्य दिँदै खेलकुद विकासमा नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाइन् ।

हाल जारी प्रतियोगिताको पहिलो खेलमा रोयल बेलनपुर र सगरमाथा स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा भैरहेको विनायक गिरीले जानकारी दिएका छन् । समितिका संयोजक क्षेत्रीका अनुसार भोली साँझ ७ः३० बजेबाट दोस्रो दिनको खेल सुरु हुने छ । प्रतियोगिता आगामी दिनहरूमा पनि विभिन्न क्लबहरूको सहभागीता रहने गरी निरन्तर सञ्चालन गरिने आयोजकले बताएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !