कोहलपुर, असार २,
बासुकी फिल्म्स प्रा.लि.द्वारा आयोजित ‘नेपालगञ्ज फेसन आइकन २०८२ – सिजन १’ को उपाधि पुरुषतर्फ गौरव विक र महिलातर्फ आँशिका जिसी ले जितेका छन् ।
पन्ध्र दिनको कडा प्रशिक्षणपछि किचन टपको सभा हल, कारकादोमा सम्पन्न ग्रान्ड फिनालेमा १३ जना प्रतिस्पर्धीहरूबीच अन्तिम प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा अमृत केसी (पुरुष) र ऋतु योगी (महिला) फर्स्ट रनर-अप घोषित भए भने स्मृत चौधरी र सिम्रिका चौधरी ले सेकेन्ड रनर-अपको उपाधि हासिल गरे।
कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा आयोजक विकास गिरी रहेका थिए भने निर्णायक मण्डलमा मिस नेपालगञ्ज २०१५ सुमन थापा, इभेन्ट अर्गनाइजर रोनिश गौतम, मोडल अफ नेपालगञ्ज प्राप्ति सुवेदी, कलाकार विशेष भुजेल र रनवे मोडल सुप्रिया मल्ल ठकुरी सम्मिलित थिए।
सब-टाइटल्स विजेता:
- भ्युअर च्वाइस: सिरिस चौधरी
- अर्गनाइजर च्वाइस: अमृता थारु
- बेस्ट वाक: आँशिका जिसी
- बेस्ट फोटोजेनिक: अमृता थारु
- मोस्ट डिसिप्लिन: सिरिस चौधरी
- मोस्ट ट्यालेन्ट: ऋतु योगी
- मोस्ट ब्युटिफुल: निलम बिष्ट
- मोस्ट कन्फिडेन्ट: स्मृत चौधरी
- बेस्ट फिगर: दिया शाही ठकुरी
- बेस्ट स्किन: कञ्चन पुन मगर
- मोस्ट ह्यान्डसम: गौरव विक
- बेस्ट स्माइल: रिहान अन्सारी
- मोस्ट एक्टिभ: आरुषी रोकाय
- बेस्ट पर्सनालिटी: सिम्रिका चौधरी
- बेस्ट लुक: अमृत केसी
कार्यक्रमको सञ्चालन मोडल सारची चौधरी ले गरेकी थिइन् भने व्यवस्थापन सुर्ची चौधरी को जिम्मेवारीमा थियो। इभेन्टको कोरियोग्राफी प्रासना बुढाथोकी ले सम्हालेकी थिइन्।
मुख्य विजेताहरूले शारदा एजुकेसनबाट ३५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति तथा विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गरेका थिए ।



