बैजनाथ गाउँपालिकाबाट कृषकलाई मल्चिंग प्लास्टिक वितरण

कोहलपुर, असार ५ ,

बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रमअनुसार कृषक, कृषि सहकारी संस्था, कृषि फर्म तथा कृषक समूहहरूलाई ५० प्रतिशत अनुदानमा मल्चिंग प्लास्टिक वितरण गरेको छ।

गाउँपालिकाको कृषि शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा ९ वटा कृषक समूह, १ सहकारी संस्था र ११ वटा कृषि फर्मलाई मल्चिंग प्लास्टिक प्रदान गरिएको हो। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले किसानहरूको आवश्यकता र मागका आधारमा अनुदान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै भने, “कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगका लागि पालिकाले समय–समयमा ७० प्रतिशतसम्म अनुदानमा कृषि औजार, मल, बीउ, कृषि मोटर लगायत सामग्री वितरण गर्दै आएको छ।”

कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले आधुनिक कृषि प्रणालीतर्फ किसानहरूलाई उन्मुख गराई उत्पादन वृद्धि गर्ने उद्देश्यले पालिकाले यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !