कोहलपुर, असार ७,
हामो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा ‘क्याफे कविता’ कार्यक्रमको दोस्रो श्रृङ्खला आगामी २०८२ असार ७ गते ‘शनिबार’ हुने भएको छ ।
कविता र सृजनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ’क्याफे कविता’ मा यसपटक चर्चित साहित्यकार हेम प्रकाश मञ्जिल र कल्पना पालकको विशेष प्रस्तुति रहनेछ । कार्यक्रम दिउँसो ४ः३० बजे चिया एण्ड चियर्स दशगाहमा आयोजना हुनेछ ।
साहित्यिक वातावरणमा चियाको स्वाद लिँदै कविता, गीत, रचना प्रस्तुत गर्ने उद्देश्यसहित सुरु गरिएको यो श्रृङ्खला नयाँ पुस्तामा साहित्यिक चेतना जगाउने माध्यम बन्ने विश्वास आयोजकको छ । कार्यक्रमको संयोजन एड्भान्स ल सेन्टरले गर्नेछ भने व्यवस्थापन चिया एण्ड चियर्स, नेपालगञ्जले गर्ने कवि लक्ष्मण मानवले जानकारी दिए ।



