किसानलाई ७०५ अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा

कोहलपुर, असार २०,

बैजनाथ गाउँपालिकाले ‘किसानसँग पालिका अध्यक्ष’ कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्दै कृषि यान्त्रिकीकरणतर्फ ठोस कदम चालेको छ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा १०२ जना कृषकलाई मिनि पावर टेलर, १२० जना किसानलाई २, ३ र ४ इन्चका प्लास्टिक कटन पाइप वितरण गरिएको छ। यस्तै, २१ जनालाई पावर टेलर, ११ जनालाई ई(लोडिङ रिक्सा, ८४ जनालाई चाप कटर ९घाँस काट्ने मेसिन०, ७२ जनालाई लालटिन मोटर, २२ जनालाई डिजेल पम्पसेट तथा ३० जनालाई पेट्रोल पम्पसेट वितरण गरिएको कृषि विकास शाखाले जानकारी दिएको छ। गाउँपालिकाका अनुसार, यस्ता उपकरणहरूले कृषकको श्रम घटाउने, उत्पादन लागत कम गर्ने र उत्पादन वृद्धि गर्न सहयोग गर्ने विश्वास लिइएको छ। मिनी पावर टेलरले परम्परागत हलो प्रणालीको स्थान लिँदै खेत तयारीलाई छिटो, सस्तो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सिँचाइको पहुँच विस्तार गर्न वितरण गरिएका कटन पाइप, डिजेल र पेट्रोल पम्पसेटहरूले वर्षभरि खेती सम्भव हुने विश्वास लिइएको छ। पशुपालनलाई सघाउन चाप कटर मेसिन सहयोगी हुने जनाइएको छ भने उत्पादन वस्तु बजारसम्म पुर्‍याउन ई(लोडिङ रिक्सा उपयोगी हुने बताइएको छ। अध्यक्ष शाहीले संघीय र प्रदेश सरकारले उपलब्ध गराएको ५० प्रतिशत अनुदानलाई गाउँपालिकाले नीतिगत रूपमा ७० प्रतिशतमा विस्तार गरेको जानकारी दिए । ‘किसान गरीब छन्, मेहनती छन्। उत्पादन नगरे किसानले, हाम्रो चुलो पनि बल्दैन,’ अध्यक्ष शाहीले भने, ‘त्यसैले गाउँपालिकाले नीति निर्माण गर्दै अनुदानको हिस्सा बढाएको हो ।’

उहाँका अनुसार, आगामी वर्षमा अनुदानलाई क्रमशः ८०, ९० हुँदै १०० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य लिइएको छ । ‘किसानसँगै बैजनाथ थारुको सपना पनि समृद्ध किसान हो, त्यो सपना हामी पुरा गर्छौं,’ उनले भने । गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माका अनुसार, उत्पादनदेखि बजारीकरणसम्म स्थानीय सरकारले किसानसँग सहकार्य गर्दै आएको छ। गाउँपालिकाले सुरु गरेको यस्ता कार्यक्रमलाई नीति र लगानीको निरन्तरता दिइएको खण्डमा बैजनाथ कृषि क्रान्तिको नमूना बन्न सक्ने स्थानीय तहको विश्वास छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर