कोहलपुर, असार
।
५५ वर्षीय शिक्षक जगत बहादुर कुँवर २०८२ साल असार १७ गते बिहानदेखि सम्पर्कविहीन भएका छन् ।
अछाम जिल्लाको साँफेबगर नगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका कुँवर सो बिहान करिब ५ः०० बजे मर्निङ वाकका लागि घरबाट निस्किएका थिए । परिवारले दिएको जानकारीअनुसार सोही दिन बेलुकाको सिसिटिभी फुटेजमा उहाँलाई कुरिनटार क्षेत्र हुँदै चितवनतिर पैदल जाँदै गरेको देखिएको छ । तर त्यसपछि उहाँ कहाँ र कस्तो अवस्थामा हुनुहुन्छ भन्नेबारे हालसम्म कुनै जानकारी छैन ।
हराएको १४ दिन बितिसक्दा पनि कुँवरको अत्तोपत्तो नलागेपछि परिवार, आफन्तजन तथा शुभेच्छुकहरू अत्यन्त चिन्तित भएका छन् । परिवारले खोजतलासका लागि सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत पनि सहयोगको अपील गरिरहेको छ ।
कुँवरलाई देख्नुभए वा उहाँबारे कुनै जानकारी प्राप्त भए ९८५८०५५३३०, ९८४१५१३५७३, ९८६८५२०८७४, ९८५१०१२११८ मा फोन गरिदिन अनुरोध गरिएको छ ।



