बाँके,
एनआईसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत घातक रोग बीमा योजना मार्फत क्यान्सर पीडितलाई १० लाख रुपैयाँ बीमा दाबी रकम प्रदान गरेको छ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले खजुरा गाउँपालिका–४ की पम्फा तिवारीलाई आइतबार सो रकम हस्तान्तरण गरेको हो।
क्यान्सर जस्तो घातक रोगसँग लडिरहेकी तिवारीले बैंकको खजुरा शाखाबाट “सर्वश्रेष्ठ बण्डल सहज बचत खाता” खोल्दै उक्त बीमा सुविधा लिनुभएको थियो। सोही खातामा संलग्न दुर्घटना तथा घातक रोग बीमाको लाभस्वरूप बैंकले रु १० लाखको चेक प्रदान गरेको हो।लुम्बिनी प्रदेश क्षेत्र नं. ५ का प्रमुख मनोहर ठगुराठीले आइतबार खजुरा शाखामै पीडित तिवारीलाई सो चेक हस्तान्तरण गर्नुभएको हो। बीमा सेवा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा उपलब्ध गराइएको हो।
बैंकले उक्त बीमा सुविधा आफ्ना आकर्षक सुविधासहितका खाता योजनामार्फत उपलब्ध गराउँदै आएको छ, जसबाट आपतकालीन अवस्थामा सेवाग्राही लाभान्वित हुने गरेका छन्।



