कोहलपुर, श्रावण ९,
स्थानीय युवा प्रतिभालाई मोडलिङ तथा फेसन इन्डस्ट्रीमा स्थापित गराउने उद्देश्यसहित ‘नेक्स्ट मोडल कोहलपुर – सिजन १’ को अडिसन कार्यक्रम कोहलपुरमा हुने भएको छ ।
अडिसन आगामी श्रावण १० गते शनिबार, कोहलपुरस्थित होटल ट्री टप हेभनमा आयोजना गरिनेछ । कार्यक्रमको आयोजना बी नेक्स्ट इभेन्ट्स नेपाल प्रा.लि. ले गरेको हो । यो संस्था युवा केन्द्रित इभेन्ट म्यानेजमेन्ट संस्था हो, जसले स्थानीय प्रतिभा, फेसन, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । संस्थाले आगामी दिनमा पनि विभिन्न सांस्कृतिक कार्यक्रम, मोडलिङ प्रतियोगिता तथा युवा सशक्तिकरणका कार्यक्रम गर्ने योजना बनाएको जनाएको छ ।
संस्थाका अनुसार प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् । अडिसनबाट छानिएका प्रतिस्पर्धीलाई ग्रुमिङ, पोज, फोटोशूट तथा र्याम्प वाकका विषयमा व्यावसायिक तालिम प्रदान गरिनेछ । कार्यक्रमले स्थानीय युवाको प्रतिभा उजागर गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा पु–याउने लक्ष्य लिएको आयोजक संस्थाले जनाएको छ । साथै, फेसन र सांस्कृतिक पर्यटनको सम्भावना बढाउन कार्यक्रमले कोहलपुरलाई दीर्घकालीन रूपमा फेसन हबको रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
प्रतियोगिता सहभागीका लागि आकर्षक पुरस्कार, प्रमाणपत्र, तथा भविष्यका प्रतिस्पर्धामा प्रत्यक्ष प्रवेशको अवसरसमेत प्रदान गरिने आयोजकले जनाएको छ । साथै, प्रतिस्पर्धीले विभिन्न फेसन डिजाइनर, एजेन्सी तथा राष्ट्रिय इभेन्टहरूसँग नेटवर्किङ गर्ने अवसरसमेत पाउनेछन् ।
संस्थाका अनुसार कार्यक्रमले मोडलिङ तथा फेसन क्षेत्रमा करियर बनाउन चाहने युवालाई रोजगारी, फ्रिलान्सिङ तथा ब्रान्ड एम्बेसडर बन्ने अवसर दिनेछ । साथै, यसले कोहलपुरलाई सांस्कृतिक पर्यटन र फेसन इभेन्ट्सको केन्द्रका रूपमा परिचित गराउन सहयोग पु¥याउने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा डाईरेक्टर तथा ईभेन्ट कोडिनेटर भरत चन्द ठकुरी, व्युटिसियन प्रनिता, फेसन डजाईनर प्रतिभा खड्का लगायत कोहलपुरका पत्रकारहरुको सहभागिता रहेको थियो ।

