कोहलपुर, भदौ २९,
सरकारले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई आइतबार महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन्। उनले पदबहालीपछि संविधान र कानूनी व्यवस्थाको सर्वोच्चता कायम गर्न आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । नयाँ महान्यायाधिवक्ता भण्डारीको नियुक्तिलाई कानूनी क्षेत्रका विज्ञ र महिला अधिकारकर्मीहरूले स्वागत गरेका छन् ।
उनी लामो समयदेखि कानूनी अभ्यास र मानवअधिकारका मुद्दामा सक्रिय हुँदै आएकी वरिष्ठ अधिवक्ता हुन् ।

