मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्य समिति चयन, अध्यक्षमा पुनः शाही

कोहलपुर, कात्तिक २९,

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष अञ्जिर बहादुर शाहीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सहकारी संघका सदस्य, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तथा बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदी रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगरपालिका सहकारी विभाग प्रमुख अग्नि आचार्य रहेका थिए । प्रमुख अतिथि प्रेम प्रसाद सुवेदीले सहकारीको योगदान र सुधारको आवश्यकता औँल्याए । उनले भने,–‘सहकारीका पदाधिकारीहरू गोठालो भएको हुनुपछ । जसरी गोठालोले आफ्नो गाई–बाख्रा हेर्छ, त्यस्तै पदाधिकारीले शेरधनीको लगानी र हितको संरक्षण गर्नु पर्छ । मितेरी बचत तथा ऋण सहकारी संस्थाले विगतमा गरेको काम राम्रो रहेको छ । आगामी दिनमा पनि यसले सदैव सदस्यहरूको हितलाई ध्यानमा राख्दै काम गर्नुपर्छ । सहकारीले सामना गर्ने समस्याहरू समाधान होस् र सदस्यहरू सुरक्षित महसुस गरून् । यस प्रकारका सहकारीहरूले आर्थिक विकास र सामाजिक जिम्मेवारीमा उदाहरण प्रस्तुत गर्छन् ।’

सभामा संस्थाका अध्यक्ष शाहीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले विगत आर्थिक वर्ष २०८१÷८२ मा गरेका गतिविधिहरू, सदस्य संख्यामा वृद्धि, ऋण वितरण, बचत संकलन र सामाजिक कार्यक्रमहरूको विस्तृत विवरण प्रस्तुत गरिएको थियो । संस्थाका कोषाध्यक्ष हेमराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय स्थिति, निक्षेप र ऋण लगानीको विवरण जानकारी गराएका थिए । सभामा उपाध्यक्ष विष्णुलाल जैसीले स्वागत मन्तव्य राख्दै उपस्थित सदस्य, अतिथिहरू र साझेदारहरूलाई धन्यवाद दिए । साथै, वार्षिक सभा अवसरमा असली बचतकर्ता, असल ऋणी र जेष्ठ सदस्यहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरत कठायतले गरेका थिए ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष शाहीले संस्थाले विगतमा सदस्यहरूको आर्थिक सशक्तिकरण, बचत प्रवद्र्धन र ऋण व्यवस्थापनमा उत्कृष्ट काम गरेको बताए । उनले आगामी दिनमा अझ प्रगतिशील कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । सबै सदस्य र पदाधिकारीको सहयोगले मितेरी बचत तथा ऋण सहकारी संस्थालाई थप दिगो र सफल बनाउने धारणा व्यक्त गरे । संस्थाको साधारण सभाले सर्वसंवत नयाँ नेतृत्व छानेको छ । पुनः शाही अध्यक्ष दोहोरिएका छन् । उपाध्यक्षमा सचिब भरत कठायत, सबिचमा हेमराज अधिकारी कोषाध्यक्ष केशव रेग्मी, तथा सदस्यहरुमा बखत मिया, मिना भाट, दिपसिंह जीसी, मधु खड्का, लैक्ष्मी जैशी रहेका छन् भने लेखा समिति संयोजक खड्क राज थापा, शान्ति कार्की, मनिराम रिमाल रहेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !