कोहलपुर, फागुन ५,
बाँके क्षेत्र नं. १ का उम्मेदवार सूर्य ढकालले कोहलपुर नगरपालिका वडा नं. ५ र ६ मा सञ्चालन गरेको घरदैलो अभियान उत्साहपूर्ण जनसहभागितासहित सम्पन्न भएको छ।
अभियानका क्रममा स्थानीय बासिन्दाले ढकालप्रति खुलेर समर्थन जनाउँदै आगामी निर्वाचनमा भारी मतान्तरले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो कार्यक्रममा नागरिकहरूले विगतमा दिएको मतको कदर गर्दै जनताको पक्षमा काम गरेको उल्लेख गर्दै ढकाललाई पुनः आफ्नो प्रतिनिधिका रूपमा निर्वाचित गराउने बताएका छन्। इमानदार, निडर तथा विकासप्रति प्रतिबद्ध नेताका रूपमा स्थापित ढकालप्रति जनविश्वास अझ सुदृढ बन्दै गएको स्थानीयहरूको भनाइ छ।
वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठसहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिताले कार्यक्रम थप उत्साहपूर्ण बनेको थियो। सहभागीहरूले क्षेत्र नं. १ मा एमालेको जित सुनिश्चित हुने दाबी गरेका छन्।
उक्त अवसरमा ढकालले जनताको माया, विश्वास र साथप्रति आभार व्यक्त गर्दै विकास, सुशासन र समृद्धिको यात्रालाई थप तीव्रता दिने प्रतिबद्धता जनाएका छन्। उनले क्षेत्र नं. १ लाई नमूना क्षेत्रका रूपमा स्थापित गर्ने अठोट दोहोर्याउँदै ‘जनताको साथ, एमालेको जित’ भन्ने नारालाई व्यवहारमा उतार्ने बताएका छन्।

