कोहलपुर पुस १५,
जाडोबाट पीडित अवस्थामा रहेका बाँके जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले दाउरा वितरण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत कण्ठीपुर, आलनगर, पुरैना, फुलटेक्रा लगायतका क्षेत्रमा नेपाली सेनाको श्री बज्रदल गणले दाउरा वितरण गरेको हो । यसैगरी खजुरा गाउँपालिकाका विभिन्न स्थानहरूमासमेत दाउरा वितरण गरिएको बज्रदल गणका गणपति, प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिए । ब्यारेक परिसरभित्र ढलेका तथा सुकेका रुखहरूबाट उत्पादन गरिएको दाउरा पालिकाका विभिन्न टोलमा वितरण गरिएको बज्रदल गणका प्रमुख सेनानी श्रेष्ठले बताए ।

प्रमुख सेनानी श्रेष्ठका अनुसार, “चिसो मौसमका कारण समस्या भोगिरहेका विपन्न तथा जाडोबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले दाउरा वितरण गरिएको हो । जाडो बढ्दै गएसँगै दैनिक जीवन प्रभावित बन्दै गएको अवस्थामा नेपाली सेनाको यो पहलले स्थानीयवासीलाई केही राहत पुगेको जनाइएको छ।











