कोहलपुर, माघ ६,
आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ मा त्रिभुवन माध्यमिक विद्यालय र पञ्चमुखी स्कुल विजयी भएका छन् ।
कोहलपुर–११स्थित कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन भएको खेलमा त्रिभुवन र पञ्चमुखी विजयी भएका हुन् । कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा त्रिभुवन माध्यमिक विद्यालय र दीपज्योति विद्या सदनले प्रतिष्पर्धा गरेका थिए । उक्त खेलमा त्रिभुवन माध्यमिक विद्यालय ९ विकेटले विजयी भएको खेल संयोजक मदन विकले बताए । खेल त्रिभुवन माध्यमिक विद्यालयले टस जितेर पहिला फिल्डिङ गरेको थियो । पहिला ब्याटिङ गरेको दीपज्योति विद्या सदनले १०.३ ओभरमै अलआउट हुँदै ३९ रन बनाएको उनले बताए । ४० रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन माध्यमिक विद्यालयले ३ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनाए जीत हासिल गरेको हो ।
खेलमा म्यान अफ द म्याच त्रिभुवन माध्यमिक विद्यालयकी स्नेहा सुनार बनिन् । खेल संयोजक सुनारका अनुसार तेस्रो दिनको दोस्रो खेल पञ्चमुखी स्कूल र जनता मावि मैटहवाबीच हुने खेल तालिका थियो । जनमा मावि खेलमा अनुपस्थित भएपछि पञ्चमुखीलाई सिधै विजयी घोषणा गरियो । संयोजक सुनारले जनता माविका खेल प्रशिक्षक कमल के.सी.सँगको सल्लाहमा त्यस्तो निर्णय गरिएको हो । प्रतियोगितामा १३ विद्यालय सहभागी छन् । संयोजक विकले प्रतियोगिताको चौथो दिनपनि दुई खेल हुने जानकारी दिए । प्रतियोगिता कोहलपुर–११स्थित कोहलपुर क्रिकेट मैदानमा भइरहेको छ ।

