कोहलपुर, चैत्र १३,
पत्रकार एवम् साहित्यकार वसन्त पराजुलीलाई यश वर्षको शहीद शिव पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।
पराजुलीलाई पछिल्लो समय प्रकाशित भएको उपन्यास ‘बखान’ का लागि सो पुरस्कार वितरण गर्न लागिएको हो । साहित्य सङ्गम चितवनले २०६४ सालदेखि हरेक वर्ष वितरण गर्दै आएको पुरस्कारबाट यसअघि १२ जना स्रष्टाहरू पुरस्कृत एवम् सम्मानित भैसकेका छन् । चैत १४ गते नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा दिउँसो १ बजे एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिने सङ्गमका अध्यक्ष शशिकिरण रेग्मीले बताएका छन् ।
उनलाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिने छ! यसअघि उनको कथा सङ्ग्रहहरू ‘मोम्चो’ ‘कुमाता’ र ‘ड्रिमी आईज’ प्रकाशित भैसकेका छन् ।

