पराजुलीको ‘बखान’ लाई शिव पौडेल स्मृति राष्ट्रिय पुरस्कार-२०८२ प्रदान

कोहलपुर १४, प्रकृति प्रेमी,

चितवनलाई कर्मथलो बनाएर पत्रकारिता र साहित्य सिर्जनामा रमाईरहेका वसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ अहिले चर्चाको शिखरमा छ ।

तनहुँमा जन्मेर चितवन बसाइँसराइपछि राजनीति एवम् सामाजिक क्षेत्रमा समर्पित व्यक्तित्व बखानसिं गुरुङको जीवनीलाई आव्यानमा बुनिएको ‘बखान’ उपन्यासले यस वर्षको सहिद शिव पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । साहित्य सङ्गम चितवनले हरेक वर्ष प्रदान गरिने सो पुरस्कार चैत १४ गते एक कार्यक्रमका बिच प्रदान गरिएको हो । कार्यक्रममा चिराग भण्डारी तथा विदुर अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रा.डा. कर्ण बानियाँले ‘बखान’ उपन्यास र वसन्त पराजुलीको व्यक्तित्वबारे समिक्षात्मक टिप्पणी गरेका थिए!त्यस्तै उदय अधिकारी , पूर्णप्रसाद अधिकारी , बालकृष्ण थपलिया लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुरमा सम्पन्न उक्त कार्यक्रम होमनाथ घिमिरेले सञ्चालन गरेका थिए । प्रा.पूर्णप्रसाद अधिकारी , उदय अधिकारी , सञ्जीव पौडेल , लेखराम सापकोटा, हरिप्रिया रिजाल, राजेन्द्र घायल, प्रकाश चापागाईं, उदयनाथ रेग्मी , विष्णुमाया पन्थी , मेनका चापागाईं, सिम्रन क्षेत्री , यदुनाथ भट्टराई, तुलमान गुरुङ, कृष्ण पौडेल, रमाकान्त सापकोटा , अनिल शर्मा बिरही, होमनाथ सापकोटा, आकाश पौडेल, लगायत पराजुलीकि आमा, श्रीमती र छोराछोरी समेत गरि करिब चार दर्जन जति साहित्यकार , पत्रकारहरूको उपस्थिति रहेको थियो ।

सङ्गमका अध्यक्ष शशिकिरण रेग्मीले २०६६ सालमा स्थापित  शिव पौडेल स्मृति पुरस्कारबाट यसअघि प्रा. कपिल अज्ञात, प्रकाश चापागाईं,  भुपिन, रह शर्मा , सिर्जन अविरल,  सिताराम कोइराला , हिरा लामा, राधिका कल्पित लगायत १२ जना स्रष्टाहरूले प्रदान गरिएको जानकारी दिँदै कार्यक्रम समापन गरेका थिए । नगद २० हजार राशिको पुरस्कार प्रमाणपत्र एवम् खादाद्वारा सम्मानित गरिएको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !