नेपाल मगर सघं बाँकेद्वारा सञ्चालित सांस्कृतिक मेलाको दास्रो दिन भव्यताका साथ सम्पन्न, तेस्रो दिन गोपाल नेपाल जि.एम आउँदै

कोहलपुर, बैशाख १,

नेपाल मगर सघं बाँकेद्वारा सञ्चालित प्रथम सांस्कृतिक भेषभुषा तथा खानपान महोत्सव–२०८३ अहिले उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ ।

मगर इतिहास, भाषा, संस्कृति संरक्षण–संवर्धन, मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नारासहित सुरु भएको मेलाको दोस्रो दिन चर्चित राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो ।

मंगलबार चर्चित गायक मिलन लामाले दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । उनले आफ्नो विभिन्न् सांगीतिक कोसेलीहरु प्रस्तुत गरेका थिए । उनले आफ्नो पुरानो चर्चित गीत माझीदाई पोखरा फेवा तालको, बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको लगायतका गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । यसैगरी पछिल्लो समयका चर्चित तथा युवाहरुका ढुकढुकी कलाकार टंक तिमिल्सेनाले पनि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । उनले आफ्नो जस्ता लोकप्रिय गीतहरू प्रस्तुत गर्दै माहोल तताएका थिए ।

कार्यक्रममा द भ्वाईस अफ नेपाल सिजन ७ की विजेता नीता कुमारी थापा मगरले समेत विभिन्न लोक तथा आधुनिक गीतहरू प्रस्तुत गर्दै दर्शकको मन जितेकी थिइन् । महोत्सवको तेस्रो दिन झन् आकर्षक बन्ने अपेक्षा गरिएको छ । चर्चित गायक गोपाल नेपाल जि.एमको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ, जसले दर्शकलाई थप उत्साहित बनाएको छ । मगर समुदायको मौलिक पहिचान, कला, संस्कृति र परम्परालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको यो मेलाले स्थानीय मात्र नभई राष्ट्रिय स्तरमै मगर समुदायको सांस्कृतिक धरोहर उजागर गर्ने महत्वपूर्ण भूमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ ।

मगर समुदायका मौलिक भेषभुषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रमले विशेष आकर्षण थपेको छ । आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकले जनाएको छ । नयाँ वर्ष २०८३ को अवसरमा आयोजित यस कार्यक्रमले आपसी सद्भाव, एकता र सांस्कृतिक गौरवलाई थप मजबुत बनाएको छ । दोस्रो दिनको उद्घोषकका रुपमा बिनोद परियारले राजेन्द्र परियार रहेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !