बाँकेमा विश्व सडक सुरक्षा सप्ताह अन्तर्गत ला.प.से. परीक्षण, १४ जना पोजेटिभ

कोहलपुर, जेठ ४,

विश्व सडक सुरक्षा सप्ताह २०८३ अन्तर्गत बाँके जिल्लामा सवारी चालक तथा यात्रुमाथि गरिएको ला.प.से. (लागू पदार्थ सेवन) परीक्षणमा १४ जना पोजेटिभ भेटिएका छन् ।

आज साँझ ५ बजेदेखि ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोक क्षेत्रमा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँकेको संयुक्त आयोजनामा विशेष चेकजाँच सञ्चालन गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालको कमाण्डमा १६ जना प्रहरी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाही सहितको टोली परिचालन गरिएको थियो । चेकजाँचका क्रममा सार्वजनिक तथा निजी सवारी चालक र सवारीमा सवार व्यक्तिहरू गरी २३ जनाको ला.प.से. परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

परीक्षणका क्रममा अटो रिक्सा चालक ६ जना, मोटरसाइकल चालक १ जना, स्कुटर चालक २ जना, ईभी भ्यान चालक १ जना, बस चालक १ जना तथा सवारीमा सवार ३ जना गरी जम्मा १४ जना पोजेटिभ देखिएका हुन् । पोजेटिभ देखिएका सबै व्यक्तिलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

राप्ती नदीमा संयुक्त खोज तथा उद्धारको बृहत कृत्रिम मनसुन अभ्यासको छैटौं संस्करण सफलतापूर्वक सम्पन्न

बाँकेमा ट्राफिक व्यवस्थापन सुधार अभियान तीव्र, ट्राफिक कार्यालय प्रमुख, प्रहरी निरीक्षक शाही

गर्मी बढ्दै जाँदा बत्ती जाने समस्या चर्कियो, गर्मीले बढायो विद्युत खपत, कोहलपुरमा ट्रान्सफर्मर जोखिममा-सहायक प्रबन्धक अवस्थी

पुलिसको शानदार पुनरागमन, कोहलपुर गोल्डकपको उपाधिनजिक

कोहलपुर गोल्डकपमा विदेशी खेलाडी रोकबारे प्रजिअ तामाङ : घुम्न आएको भिसामा अर्को काम गर्न पाइँदैन

कोहलपुर गोल्डकपमा प्रशासनको हस्तक्षेप : वर्क परमिट नभएका विदेशी खेलाडी रोकिए, नाइजेरियन टिम प्रतियोगिताबाट बाहिरियो