सि न ५२ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमको शुभारम्भ

कोहलपुर, बाँके, असार १,

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. ५२ जुनियर डिभिजन एनसीसी संस्थागत तालिम कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ५४ विद्यालयमा एकैसाथ शुभारम्भ गरिएको छ।

तालिममा १ हजार ६ सय २० जना छात्र–छात्राको सहभागिता रहेको राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयले जनाएको छ। बाँकेस्थित श्री एभरेष्ट सैनिक माध्यमिक विद्यालय, जेनित इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल, ज्ञानोदय माध्यमिक विद्यालय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलगायतका विद्यालयमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उपस्थितिमा तालिम उद्घाटन गरिएको हो।

श्री एभरेष्ट सैनिक माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी शिशिर के.सी.ले तालिमको उद्घाटन गर्दै अनुशासन, नेतृत्व विकास, राष्ट्रप्रेम र राष्ट्रिय एकताको भावना अभिवृद्धिका गर्नु तालिमको मुख्य उद्देश्य रहेको बताउँदै “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शलाई आत्मसात् गर्न विद्यार्थीलाई आग्रह गरे ।

बाँकेका अन्य तीन विद्यालयहरूमा बज्रदल गणका जेष्ठ सेनानी ज्योतिकुमार कार्की लगायत अन्य सेनानीहरूले तालिमको शुभारम्भ गर्नु शुभारम्भ गरेका थिए । १०० दिनसम्म सञ्चालन हुने उक्त तालिममा विद्यार्थीहरूलाई ड्रिल एरोबिक्स, तेक्वान्सैदो, सैनिक कला सार्वजनिक वक्तित्वकला, विपद व्यवस्थापन लगायत विभिन्न विषयहरूमा प्रशिक्षण दिनुको साथै विभिन्न प्रतिस्पर्धात्मक खेल तथा गतिविधिहरू सञ्चालन हुनेछ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !