कोहलपुर, असोज ११,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा लक्ष्मणराज पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
पौडेलले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढाउँदै क्षेत्रीय प्रतिनिधिहरूसँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन् । उनको उम्मेदवारीसम्बन्धी सार्वजनिक सामग्रीमा आफूले पार्टीको संगठन र प्रतिनिधित्वका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ । पौडेलले आफ्नो प्रचार सामग्रीमा “राष्ट्रियतावाद, लोकतन्त्र, समाजवाद”लाई मूल आदर्शका रूपमा उल्लेख गर्दै क्षेत्रीय प्रतिनिधिहरूको सहयोग र समर्थनको अपेक्षा गरेका छन् ।
क्षेत्र नं. १, बाँकेबाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार पौडेलले आफूलाई मत दिएर विजयी गराउन अपिल गरेका छन्।
