कांग्रेसको १५औँ महाधिवेशनमा बाँके–३ बाट खुला पुरुषतर्फ प्रकाशबहादुर शाहीको उम्मेदवारी

कोहलपुर, असोज ११,

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नं. ३ बाट खुला पुरुषतर्फ क्षेत्रीय महाधिवेशन प्रतिनिधि पदमा प्रकाशबहादुर शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।

शाहीले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, संगठन सुदृढीकरण, आपसी एकता तथा कार्यकर्ताको सम्मानलाई प्राथमिकतामा राख्दै पार्टीको संगठनात्मक यात्रामा आफ्नो भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् । उम्मेदवारी घोषणा गर्दै शाहीले बाँके क्षेत्र नं. ३ अन्तर्गतका पालिका सभापति, वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग र समर्थनका लागि अपिल गरेका छन् ।

उनले पार्टीलाई थप सुदृढ बनाउन संगठनभित्र आपसी एकता र कार्यकर्ताको सम्मान आवश्यक रहेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अवसर प्रदान गर्न आग्रह गरेका छन् । शाहीले आफ्नो उम्मेदवारीको क्रममा “जय नेपाल” भन्दै क्षेत्रीय प्रतिनिधिहरूसँग मत तथा सहयोगको अपेक्षा गरेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !