लुम्बिनी प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्दै बि.के.द्वारा अपिल

कोहलपुर, असोज ११,

नेपाली कांग्रेसका नेता ईश्वरी प्रसाद बि.के.ले लुम्बिनी प्रदेश प्रतिनिधि (दलित खुला) तर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै क्षेत्रीय प्रतिनिधिहरूसँग मत मागेका छन् ।

बि.के.ले आफू नेपाली कांग्रेसको बफादार, इमानदार र सच्चा कार्यकर्ता रहेको उल्लेख गर्दै आफ्नो प्रतिनिधित्व सिंगो नेपाली कांग्रेसका लागि उपयुक्त हुने दाबी गरेका छन् ।उनले असोज १२ गते हुने निर्वाचनमा आफूलाई अत्यधिक मत दिई विजयी गराउन नेपाली कांग्रेसका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।

पार्टीको संगठन सुदृढीकरण तथा कार्यकर्ताको भावना प्रतिनिधित्व गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको बि.के.ले बताएका छन् । उनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई पुनः हार्दिक अनुरोध तथा अपिल गर्दै निर्वाचनमा सहयोग र समर्थनका लागि आग्रह गरेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !