कोहलपुर नगर अस्पतालमा एन्टि रेबिज भ्याक्सिन सेवा नियमित

कोहलपुर, असोज १६,

कोहलपुर नगर अस्पतालबाट एन्टि रेबिज भ्याक्सिन सेवा नियमित रूपमा सुरु भएको छ ।

नगर अस्पतालले कुकुर, बिरालो लगायतका जनावरको टोकाइ तथा शंकास्पद सम्पर्कमा आएका नगरबासीलाई लक्षित गर्दै भ्याक्सिन सेवा उपलब्ध गराउन थालेको हो । जनावरको टोकाइ वा रेबिजको जोखिम हुनसक्ने अवस्थामा रहेका व्यक्तिले आवश्यक स्वास्थ्य परामर्शसँगै एन्टि रेबिज भ्याक्सिन सेवा नगर अस्पतालबाट लिन सक्ने अस्पतालले जनाएको छ ।

रेबिज संक्रमणबाट बच्न जनावरले टोकेपछि समयमै स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय परामर्श लिनु महत्वपूर्ण मानिन्छ । विशेषगरी कुकुर, बिरालो वा अन्य शंकास्पद जनावरको टोकाइपछि घाउको उचित सरसफाइ तथा चिकित्सकको सल्लाहअनुसार आवश्यक खोप लिनुपर्ने हुन्छ ।

कोहलपुर नगर अस्पतालमा एन्टि रेबिज भ्याक्सिन सेवा नियमित रूपमा सुरु भएपछि जनावरको टोकाइका कारण उपचार तथा खोपका लागि अन्यत्र जानुपर्ने नगरबासीको समस्या कम हुने अपेक्षा गरिएको छ । अस्पतालले जनावरको टोकाइ वा शंकास्पद सम्पर्कमा आएका नगरबासीलाई समयमै स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक स्वास्थ्य परामर्श र खोप सेवा लिन आग्रह गरेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !