आगामी २–३ दिन मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

कोहलपुर, असोज १९,

आगामी २–३ दिन देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेषगरी कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई पछिल्लो मौसमी सूचना र मौसम पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ । सम्भावित वर्षाका कारण कृषि कार्य प्रभावित हुन सक्ने भएकाले आवश्यक तयारी तथा योजना बनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

मौसमको अवस्था तथा आगामी दिनको पूर्वानुमानबारे थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखा तथा जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना हेर्न आग्रह गरिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !