कोहलपुरमा जारी ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको फाईनल खेल भोली हुँदै

कोहलपुर, फागुन ११,

ज्ञानज्योति मावि चप्परगौडी कोहलपुरमा जारी ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

आइतबार पहिलो खेलमा सरमाथा ज्ञानकुञ्ज माविलाई हराउँदै ज्ञानज्योति फाइनल प्रवेश गरेसँगै प्रतियोगिताको फाइनल प्रवेश गर्ने पहिलो विद्यालय बन्न सफल भएको छ । कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा सरमाथा ज्ञानकुञ्ज माविले टस जितेर पहिला बलिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको ज्ञानज्योति माविले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । विद्यालयका लागि जयन्ती चन्दले सार्वधिक ४६ रन र आशा ओलीले ७ बनाएकी थिइन् ।

ज्ञानज्योति माविले दिएको ८५ रनको लक्ष्य पछ्याउँदै सरमाथा ज्ञानकुञ्ज माविले निर्धातिर १२ ओभरमा ५ विकेट गुमाउँदै ७८ रहनमा समेटिएको हो । विद्यालयका लागि सुजता परियारले २० रन र जीवनीले १७ रन बनाएकी थिइन् । ज्ञानज्योति माविले दिएको लक्ष्य पुरा गर्न नसक्दा सगरमाथा ज्ञानकुञ्जले ६ रनले पराजित भएको हो ।

ज्ञानज्योति माविकी जयन्ती चन्दले २ विकेट र सार्बधिक ४६ रब बनाउँदै विद्यालयलाई विजयी बनाउन विशेष योदान दिएकी थिइन् । उक्त खेलको प्लेयर अफ द म्याच समेत चन्द बनेकी थिइन् । बुधबारदेखि सञ्चालन भएको प्रतियोगिताको फाईनल खेल भोली हुने कोहलपुर स्पोर्टस् एकेडेमीका म्यानेजिङ डाईरेक्टर विनायक गिरीले बताए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !